हिमालयन लाइफको बृहत अभिकर्ता भेला कार्यक्रम सम्पन्न

२२ पुष २०८०, आईतवार १७:०५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले बृहत् अभिकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले प्रादेशिक कार्यालय पोखराको आयोजनामा उक्त कार्यक्रम पोखराको पर्यटकिय क्षेत्र लेकसाइडको रिसोर्टमा सम्पन्न गरेको हो।

उक्त कार्यक्रमको अध्यक्षता कम्पनीका प्रदेश प्रमुख टुल्कनाथ आचार्यले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णको उपस्थिति रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत कर्णले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । मिसन एम डी आर टी को रुपले चिनिने उक्त कार्यक्रममा कर्णले करिब तीन घन्टाको बन्द प्रशिक्षण गराएका थिए । सो अवसरमा कम्पनीको नेपालबाटै पहिलो महिला एम डी आर टी बन्ने सभागृहचोक शाखाकी कमला बस्नेत, लगातार पाँच पटकसम्म एमडी आर टी बन्ने सभागृह शाखाका बाबुराम लामिछाने, छैटौं पटक एम डि आर टी बन्ने पोखरा शाखाका भोजबहादुर कार्की तथा लामाचौर शाखाका बीमारत्न बिक्रम उदासको कार्यक्रमका बिचमा केक काटेर सम्मान गरिएको थियो।

साथै उक्त कार्यक्रममा गण्डकी प्रदेशका न्युरोड, सभागृहचोक, तथा बिरौटा शाखाका करिब चार सय जना भन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो । प्रादेशिक उप प्रमुख गणेश धमलाले संचालन गरेको उक्त कार्यक्रममा ग्लोबल कन्फरेन्समा सहभागी भएका बिमारत्न रेशम गौतमले अनुभव शेयर गरेका थिए।

नेपालको बीमा बजारमा हरेक क्षेत्रमा आफुलाई अझ अब्बल साबित गर्न प्रयासरत यस हिमालयन लाइफले यहि मंसिर महिनामा पनि उत्कृष्ट ब्यबसाय गर्नेहरुका बीचमा रमाइलो मित्र मिलन तथा बनभोज एवं न्यानो ज्याकेटका स्किमहरुपनी अघि सारेको छ।

यसले अभिकर्ताहरुलाई थप उत्प्रेरणा मिल्ने विश्वास कम्पनीको छ। बीमाको उर्बर भूमिमानिने गण्डकी प्रदेश एम डी आर टी धेरै उत्पादन हुने क्षेत्रको रुपमा परिचित छ। उक्त कार्यक्रममा प्रदेश कार्यालयका बासु शर्मा सभागृह शाखाका श्याम प्रसाद तिमिल्सेना, प्रकाश रेग्मी, पोखरा शाखाका जसमान परियार, बिरौटा शाखाका उमाकान्त बराल, लामाचौर शाखाका भबदत पौडेल, निर्मला भट्टराई, वालिङ शाखाका पृथ्वी नारायण शर्मा, स्याङ्जाका कृष्ण भट्टराई, दुलेगौंडाका ओमकार नागिला लगायतका शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीको पनि उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*