बीमा नियमावली अन्तिम चरणमा छ, मुसाले खाएको छैन: ओली

२२ पुष २०८०, आईतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिल देव ओलीले बीमा नियमावली २०८० मुसाले खाएको छैन भन्दै अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

प्राधिकरणसँगको छलफलपछि कानुनमन्त्रालयबाट अर्थमन्त्रालय पुगेको भन्दै अन्तिम चरणमा पुगेको पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको विशेष अधिवेशनमा जानकारी दिएका हुन् ।

केही नविनतम, केही पृथक शैलीमा बीमा नियामावली आउन लागेको समेत उनले कार्यक्रममा बताएका थिए ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको विशेष अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

आर्थिक मन्दीमा बीमा व्यवसयामा संकट आाउन नदिएको भन्दै उनले बीमा अभिकर्ताहरुको खुलेर कार्यक्रममा प्रशंसा गरेका थिए । प्राधिकरणले ल्याएका केही प्रावधानका कारण के बीमा अभिकर्ताहरुमा देखिन थालेको समस्याको बिषयमा समेत उनले कार्यक्रममा दुख व्यक्त गरेका थिए ।

बीमा कम्पनीहरुमा ९० प्रतिशत बीमा व्यवसाय भित्र्याउने मुख्य मेरुदण्डको रुपमा काम गर्दै आएका बीमा अभिकर्ताहरुको कार्यक्रममा खुलेर प्रशंसा गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*