प्रभु महालक्ष्मी लाइफका सिनियर एजेन्सी मेनेजरलाई तालिम

२२ पुष २०८०, आईतवार १७:४९

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजरहरुलाई तालिम दिइएको छ । कम्पनीका काठमाडौंस्थित सिनियर एजेन्सि मेनेजरलाई एएमएल तथा सीएफटी सम्बन्धी तालिम दिइएको हो ।

उक्त तालिम पुस २१ गते कम्पनीको कमलादीस्थित कमलादी शाखामा संचालन गरिएको हो । सो तालिममा ३७ जना सिनियर एजेन्सि मेनेजरको सहभागिता रहेको थियो ।

पहिलो सत्रमा अण्डरराईटिगसम्बन्धी तालिम प्रबन्धक प्रभाकर न्यौपानेले र दोश्रो सत्रमा एएमएल तथा सीएफटी सम्बन्धी तालिम नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रदान गरेका हुन्। तालिम प्रमुख योगेन्द्र खतिवडाले संचालन गरेको उक्त कार्यक्रममा बजार प्रमुख प्रशान्त धमलाले स्वागत मन्तब्य राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*