प्रथम बीमाशुल्क आर्जन अधिकांश बीमा कम्पनीको घट्यो, सूर्यज्योति लाइफ व्यवसायमा खस्किदै, अन्यको कति ? (सूची सहित)

२५ पुष २०८०, बुधबार ०७:३०

काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अधिकांश कम्पनीहरुको घटेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार मंसिरमसान्तसम्ममा चार कम्पनीबाहेक सबै कमपनीको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ।

बीमा  प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा नेशनल लाइफ, नेपाल लाइफ, आइएमई र एशियन लाइफबाहेक सबै जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ।प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा नेशनल लाइफको प्रथम बीमाशुल्क गत आर्थिक बर्षको तुलनामा २१ प्रतिशतले बढेको देखिएको छ।नेपाल लाइफको प्रथम बीमाशुल्क आर्जन २०।७२ प्रतिशतले वृद्धि भएको छ।

Source: Beema Pradikaran

आइएमई लाइफको प्रथम बीमाशुल्क आर्जन १७ प्रतिशत र एशियन लाइफको ३ प्रतिशतले बद्धि भएको प्राधिकरणको तथ्यांकले देखाएको छ।मर्जरमा पश्चात् बीमा कम्पनीको व्यवसायमा खासै सुधार हुन सकेन । यी कम्पनीहरुलाई नयाँ व्यवसाय बृद्धि गर्न सकस परेको तथ्यांकले देखाएको छ।

प्रथम बीमाशुल्क आर्जनमा गिरावट आउने कम्पनी सन नेपाल लाइफ रहेको छ। कम्पनीको प्रथम बीमाशुल्क आर्जन ३६ प्रतिशतले घटेको छ ।

मर्ज भएका कम्पनीहरुमा सूर्यज्योति लाइफको प्रथम बीमा शुल्कआर्जन सर्वाधिक २७.७३ प्रतिशतले घटेको छ । पछिल्लो समय सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानीमा बीमितहरुलाई झुलाएको र बालबीमा पोलिसीको कारण गर्दा कम्पनीको बीमा व्यवसाय खस्किदै गईरहेको छ।

संचारमाध्यममा कम्पनीको बालबीमा योजना पोलिसीको कारण पनि बीमितहरु पछिल्लो समय नयाँ बीमा योजना लिन हिच्किचाएको कम्पनीका एक शाखा अधिकृतले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*