नेशलन लाइफले गर्यो १० लाखको दाबी भुक्तानी

२५ पुष २०८०, बुधबार ११:०५

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीको जावलाखेल शाखाले पुस २४ गते १० लाख ४२ हजारको दाबी भुक्तानी गरेको हो ।

कम्पनीका अनुसार मृतक बीमित राधेश्याम खड्काले सन् २०२२ मार्च २२ मा १० लाखको बीमा गरी पहिलो किस्ता बापत ८५ हजार बुझाएका उनको १ वर्ष नबित्दै ब्रेन हेमरेजका कारण मृत्यु भएको थियो ।

कम्पनीले मृतक बीमितको दाबी भुक्तानी प्रकिया पुरा गराएर मृतककी श्रीमती अम्बिका खड्का र निजको छोरालाई समेत सँगै राखि १० लाख ४२ हजार रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*