नेपाल लाइफले बीमा बजारको एक चौथाई हिस्सा ओगटेको छः सिईओ पराजुली

२५ पुष २०८०, बुधबार १९:५२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सिईओ प्रविण रमण पराजुलीले बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगटेको बताएका छन् ।

‘एमडीआरटी’ सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपाल लाइफले बीमा बजारको एक चौथाई भन्दा बढीहिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउने कार्यक्रममा बताएका थिए।

कार्यक्रममा सन् २०२३ मा ‘एमडीआरटी’का लागि योग्य भएका ११६ अभिकर्तालाई सम्मान गरेको थियो ।
इन्स्योरेन्सले वर्ष सकिएको एक सातामै काठमाडौंमा ‘एमडीआरटी’अचिभर्स अवार्ड कार्यक्रम आयोजना गरी अभिकर्तालाई सम्मान गरेको हो।

उनले कार्यक्रममा बीमकको माग अनुरुप बजार सुहाउँदो बीमा योजनाहरु निकट भविष्यमा नै सार्वजनिक गर्न कम्पनीले द्रुत गतिमा तयारी गरी रहेको जानकारी दिएका छन् ।

कार्यक्रममा सिईओ पराजुलीले अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत बताएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*