आईएमई लाइफ इन्स्याेरेन्सकाे नयाँ बाेनसदर सार्वजनिक, अधिकतम् ८० रूपैयाँसम्म बाेनस पाइने

२६ पुष २०८०, बिहीबार ०७:३८

काठमाडाैं । आईएमई लाइफ इन्स्याेरेन्स कम्पनीले गत आवकाे वित्तिय विवरणकाे आधारमा नयाँ बाेनसदर सार्वजनिक गरेकाे छ । नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बाेनसदर अनुसार आईएमई लाइफका बीमितले अधिकतम ८० रूपैयाँ बाेनस पाउनेछन् ।

कम्पनीले आव २०७९/०८० काे वित्तिय विवरणमा आधारित नयाँ बाेनसदर घाेषणा गरिएकाे हाे । आज सार्वजनिक वित्तिय विवरण अनुसार सामूहिक बाल सावधिक बीमा पाेलिसीमा न्यूनतम् ३२ रूपैयाँदेखि ७० रूपैयाँँसम्म प्रतिवर्ष र प्रति हजार रूपैयाँ बाेनस पाउनेछन् ।

त्यस्तै सावधिक तथा आजिवन बीमा पाेलिसीमा बीमा अवधी अनुसार प्रतिवर्ष प्रतिहजार ३२ रूपैयाँदेखि ८० रूपैयाँसम्म बीमितले बाेनस पाउनेछन् ।

अग्रिम भुक्तानी तथा आजिवन बीमा पाेलिसीमा न्यूनतम् ३२ रूपैयाँदेखि ६३ रूपैयाँ बाेनस पाउनेछन् । अग्रिम भुक्तानी सावधिक बीमामा ३० रूपैयाँदेखि ६३ रूपैयाँ बाेनसदर घाेषणा गरिएकाे छ । बाल अग्रिम भुक्तानी सावधिक ३० रूपैयाँदेखि ६५ रूपैयाँ बाेनस बीमितले पाउनेछन् ।

त्यस्तै, बाल अग्रिम भुक्तानी सावधिक बीमामा न्युनतम् ३० रूपैयाँदेखि ६० रूपैयाँ बाेनस निर्धारण गरिएकाे छ । साथै बार्षिक अग्रिम भुक्तानी बीमा पाेलिसीमा सबै अवधीमा २२ रूपैयाँ बाेनस निर्धारण गरिएकाे छ।

जीवन बीमा कम्पनीहरूका लागि बाेनसदर महत्वपूर्ण हुन्छ । कम्पनी व्यवस्थापनले चुस्तदुरूस्त प्रशासन र कडा मेहनतले उच्चतम बाेनसदर प्रदान गर्न सफल भएकाे हाे ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*