सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२६ पुष २०८०, बिहीबार १३:३७

सिटिजन लाइफ इन्स्याृेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि सिटिजनले पुस २९ गते बुक क्लोज गर्ने भएको छ । पुस २७ र २८ गते क्रमशः शुक्रबार र शनिबार रहेको छ । यो २ दिन सेयर बजार बन्द रहनेछ । तसर्थ, पुस २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ५५ बोनस सेयर र कर तिर्न ०।२६३५ नगद गरी कुल ५।२६३५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*