रिलायबल लाइफद्वारा १० लाखको दाबी भुक्तानी

२६ पुष २०८०, बिहीबार १७:२९

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई घातक रोगबापतको १० लाख दाबी भुक्तानी गरेको हो ।

कम्पनीका अनुसार बीमित विष्णु राई दनुवारले २०७८ असार ११ गते बीमालेख खरिद गरेकी थिइन् । बीमितले गत साउन २ गते अन्तिम पटक बीमाशुल्क भुक्तानी गरेकी थिइन् । कम्पनीले पुस २५ गते गैडाकोट नवलपरासीमा एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै बीमितको श्रीमान उदय राईलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा चितवन तथा लुम्बिनी प्रदेश प्रमुख राजेन्द्र पौडेल, हाकिम चोक शाखा प्रमुख राज कुमार दाहाल तथा मार्केटिङ प्रमुख सुरेन्द्र गिरी, एमडीआरटी समिता दराई, राजेन्द्र कुमार दराई, करोडपति एजेन्सी मेनेजर विष्णु कुमारी कुँवर, सिनियर एजेन्सी मेनेजर तारा कुमालसहित मनोज चौलागाईको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*