नेपाल लाइफका नव निर्वाचित अभिकर्ता संघले बुझायो सात बुँदे माग, बीमितले पाउने बोनसदर बढाउन सुझाव

२७ पुष २०८०, शुक्रबार १४:३५

काठमाडौं । नव निर्वाचित पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको कार्र्यसमितिले नेपाल लाइफमा बीमितहरुले पाउने बोनसदरलाई साविक भन्दा बृद्धि गर्ने लगायतका ७ बुँदे माग राखेको छ ।

नव निर्वाचित समितिले २०८० साल पुस २५ गते बसेको बैठकबाट बीमित, अभिकर्ता र कम्पनीको हितमा उठेका विषयहरु माथि छलफल गरि कम्पनी समक्ष ७ बुँदे मागहरु पुरा गर्न गराउन निर्णय गरेको हो ।

कम्पनीले पहिलो मागका रुपमा बीमितहरुले पाउने बोनसदरलाई साविक भन्दा बृद्धि गरिदिन अनुरोध गरेको छ । त्यस्तै दोस्रो मागमा बीमितहरुको विषय परिस्थितिलाई मध्यनजर गरी किस्ता विलम्ब छुट सुविधा समयको दायरा नराखी माघ एक गतेदेखि लागु हुने गरी कम्पनीमा ५० प्रतिशत छुटको व्यवस्था गरिदिन माग राखिएको छ ।

एक किस्ता बुझाई छुटेका बीमालेखलाई बीमितको चाहना अनुसार कुनै पनि बीमा योजनामा परिवर्तन गर्न पाउने व्यवस्था यथासिघ्र मिलाउन समेत अनुरोध गरिएकोको संघका अध्यक्ष गणेश अधिकारीले जानकारी दिए ।

कम्पनीले विभिन्न किसिमका स्किमहरु ल्याउदा प्रत्येक बीमा योजनामा एम, बिसी मा गणना हुने प्रिमियम नै निशर्त रुपमा स्किममा समेत गणना गरिदिन समेत माग गरिएको छ । केटाकेटी बीमा योजना बजार सुहाउदो समय सापेक्षित ल्याउन समेत संघको अनुरोध छ । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समितिको सचिवालयका लागि सचिवालय कक्षको व्यवस्था गरिदिन समेत अनुरोध गरेको छ । नेपाल लाइफमा विभिन्न शाखा तथा उपशाखामा अभिकर्तालाई व्यवसाय बृद्धि गर्न आवश्यक कक्षको सहज व्यवस्थापन गरिदिन आग्रह गरेको छ।

गएको पुस २१ गते आह्वान गरिएको विशेष अधिवेशनबाट गणेश अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । ठुलो संघर्ष गरेर सम्पन्न भएको अधिवेशनबाट बलियो समिति तयार भएको छ । समितिले बीमा कम्पनी नेपाल लाइफ, बीमित र अभिकर्ताहरुको विचमा पुलको काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सोही बमोजिम कम्पनी र अभिकर्ता संघको विचमा पुलको काम गर्न समन्वय समिति समेत गठन गर्ने भएको छ ।

One thought on “नेपाल लाइफका नव निर्वाचित अभिकर्ता संघले बुझायो सात बुँदे माग, बीमितले पाउने बोनसदर बढाउन सुझाव

  1. टेकराज पुरि दैलेख उपशाखा एजेन्सी म्यानेजर says:

    मागहरू जाऐज र महत्त्वपूर्ण छ्न येथासिघ्र सम्बोधन हुनुपर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*