नेप्से दोहोरो अंकले बढ्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था? (एलटीपीसहित)

२९ पुष २०८०, आईतवार १७:४७

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३१ अंकले उचालिएर २१२० विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा हरियाली आउदा ११ उपसूचक बढेको हो ।

जीवन बीमा
आइतबार जीवन बीमा परिसूचक ४६.७१ अंकले बढेर १०९३२ विन्दुमा कायम भएको छ । यस दिन जीवन बीमा उपसूचक ०.४२ प्रतिशतले बढेको हो ।

यस दिन जीवन बीमा सेक्टरबाट १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये ८ कम्पनीहरुको शेयरमूल्य बढ्यो भने बाँकीका ४ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

निर्जीवन बीमा
आइतबार निर्जीवन बीमा परिसूचक १.२२ अंकले बढेर ११०९५ को विन्दुमा कायम भएको छ । यस दिन निर्जीवन बीमा उपसूचक ०.०१ प्रतिशतले बढेको हो ।

यस दिन निर्जीवन बीमा सेक्टरबाट कुल १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये ४ कम्पनीको शेयरमूल्य बढ्दा ७ को घट्यो भने एक कम्पनीको शेयरमा कुनै प्रकारको घटबढ भएन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*