नेपाल लाइफको लेखनाथ उपशाखाद्वारा ७ लाखको दाबी भुक्तानी

१ माघ २०८०, सोमबार १२:४९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लेखनाथ उपशाखाले मृत्यु दाबी भुक्तानी गरेको छ।

कम्पनीका अनुसार शुक्लागण्डकी नगरपालिका ७, तनहुका रेशम बहादुर सार्कीले तीन बर्ष पहिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लेखनाथ उपशाखाबाट ६ लाख बिमाङ्क रकमको बीमा गरेका थिए ।

बीमित सार्कीले १ लाख ८८ हजार चार सय रुपैयाँ वार्षिक किस्ता बुझाउदै आएका थिए । बीमितले चार किस्ता रकम बुझाएकोमा बिमाङ्क रकम र उक्त अवधिको बोनस रकम गरि जम्मा ७ लाख ११ हजार रुपैयाँ एक कार्यक्रमकाबीच परिवारका सदस्यलाइ हस्तान्तरण गरिएको हो।

मृत्यु दाबी भुक्तानी गर्दै लेखनाथ उपशाखा प्रमुख अबिनाश काफ्लेले उत्कृष्ट बचत र सुरक्षाका लागि जीवन बीमा आवस्यक रहेको बताए । उक्त कार्यक्रममा कार्यालयका कर्मचारी कमल कोइराला, समाजसेवी क्रीस खत्री, बीमित सार्कीकी श्रीमती बुद्धिमाया सार्की लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*