हालसम्म नौ बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ ?

१ माघ २०८०, सोमबार १६:१६

काठमाडौं । हालसम्म नौ बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेको कम्पनीहरुमध्ये चार कम्पनीबाहेक सबै कम्पनीले लाभांश दिने भएको छ ।नौ कम्पनीमध्ये नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने भएको छ ।

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन लाइफ, नेको इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफले भने लगानीकर्ताको हात खाली गरेको छ ।नेपाल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

एनएलजी इन्स्योरेन्सले ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।हिमालयन एभरेष्ट इन्स्योरेन्सले१५ प्रतिशत लाभांश बाँड्ने भएको छ । कम्पनीले ८.६३ प्रतिशत बोनस र ६.३७ प्रतिशत बाड्दैछ ।

रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ ।सिटिजन लाइफले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*