महोत्तरीको एकडारा गाउँपालिकासँग बीमा अन्तरक्रिया

३ माघ २०८०, बुधबार १४:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एकडारा गाउँपालिकासँग माघ २ गते बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दीप नाराण मण्डलले आगामी आर्थिक वर्षमा बीमा शीर्षकमा बजेट विनियोजन गरी बीमा कार्यक्रम लागू गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कृषकहरूले सहजरूपमा कृषिबालीको बीमा गर्न पाउने व्यवस्था गर्न र दाबी भुक्तानी दिनुपर्ने समयमा बीमा कम्पनीले बीमितको कुरै नसुन्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्दै बीमालाई सेवासँग आवद्ध गरेर अनिवार्य गर्न र गरीब बर्ग पहिचान गरी गाउँपालिकाले नै बीमा गरिदिने व्यवस्था गर्न सुझाव दिए । निर्देशक लालले बीमा गरेपछि दाबी भुक्तानी नपाएमा प्राधिकरणमा जानकारी दिन आग्रह गर्दै प्राधिकरणले कृषितर्फ मौसममा आधारित बीमालेख लागू गर्न लागेको जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*