सुर्यज्योति लाइफका सिईओ खत्रीको कार्य क्षमतामाथि बीमा प्राधिकरणमा उठ्यो प्रश्न, इतिहासकै कठिन मोडमा सुर्यज्योति लाइफ

३ माघ २०८०, बुधबार १७:५८

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्रीको कार्य क्षमतामाथि नियामक नेपाल बीमा प्राधिकरणमा गम्भिर नैतिक प्रश्न उठेको छ ।

अर्धन्यायिक निकायको रुपमा समेत रहेको बीमा प्राधिकरण पुगेर जथाभावी बोल्न थालेपछि सुर्यज्योति लाइफका सिईओ खत्रीको कार्यक्षमतामाथि गम्भिर नैतिक प्रश्न उठेको हो । बीमापोष्टमा लगातार रुपमा समाचार प्रकाशित भएपछि बुधबार स्पष्टिकरण पेश गर्न सिईओ खत्री नियामक नेपाल बीमा प्राधिकरण पुगेका थिए । त्यहाँ उनले सुर्या लाइफबाट भएका गलत कामहरुको जिम्मेवारी ‘मैले गरेको होइन’ भन्दै पन्छिएका थिए । कुनै पनि कम्पनीको सिईओ अविछिन्न उत्तराधिकारी हुने व्यवस्था भन्ने कुरा नबुझेका उनले मर्जर हुनुअघि सुर्या लाइफबाट भएका कतिपय कामहरुको जिम्म नलिने भन्दै पन्छिने खोजेका थिए ।

अनैतिक तरिकाले कम्पनी चलाएका उनको विषयमा बीमा प्राधिकरणमा बीमितहरु लाइन लागेर गुनासो गरिरहेका छन् । साथै थुप्रै शेयरधनीहरुको समेत गुनासो प्राधिकरणमा पुगिरहेको सन्दर्भमा आज प्राधिकरण पुगेका थिए । सिईओ खत्रीले गैर जिम्मेवारीपूर्ण जवाफ दिएर फर्किएका छन् । उनले कतिपय कामहरु गलत भएको स्वीकार गरेका थिए ।

अनैतिक तरिका र व्यक्तिगत शैलीमा सुर्यज्योति लाइफ सञ्चालन गर्दै आएका सिईओ खत्रीका विरुद्धमा बीमा प्राधिकरणमा दर्जनबढि उजुरी छानविनकै प्रक्रियामा रहेका छन् । गैर कानुनी धन्दा गरेर विवादमा परेका खत्री सिईओ भएको सुर्यज्योति लाइफ बीमा जालसाजी समेत भएको भन्दै प्राधिकरणले सुक्ष्म निगरानी गरिरहेको अवस्था छ । राजश्व अनुसन्धान विभागको कर छलीको अनुुसन्धानमा परेको सुर्यज्योति लाइफको भविष्य इतिहासकै कठिन मोडमा आईपुगेको छ ।

करोडौं रुपैयाँ कर जरिवनामा पर्ने अनुमान गरिएको कम्पनीको सिईओ खत्रीकै कार्यक्षमतामा नियामकले प्रश्न उठाए पछि अब कम्पनीको भविष्य के होला ? कम्पनीमा कार्यरत हजारौं बीमा अभिकर्ता र सयौं कर्मचारीहरुको भविष्य के होला ? लगानीकर्ताको सुरक्षा र बीमितको अर्बौ रुपैयाँ जोगाउन नियामक नेपाल बीमा प्राधिकरणले कस्तो भूमिका निर्वाह गर्ला ? प्रतिक्षाको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*