छोराको अन्नप्राशनमा अभिभावकले दिए पाँच लाखको बीमा पोलसी उपहार

४ माघ २०८०, बिहीबार १५:३९

काठमाडौं । गुल्मीका एक दम्पतीले आफ्नो छोराको अन्नप्राशनमा पाँच लाखको बाल बीमा पोलिसी उपहार दिएका छन् ।

पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, पास्नी लगायतका चार्डपर्वमा जिन्सी सामानहरु दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ ।

शुभकार्य भन्ने बित्तिकै भोज भतेर र रमझममा फजुल खर्च गर्न तत्पर नेपाली समाज हिजोआज केही परिवर्तित र भबिष्यप्रति सचेत देखिन थालेको छ । यसैका एक उदाहरण बनेका छन् गुल्मीका एक दम्पती !

रुरु क्षेत्र गाउपालिका वडा नम्बर ५ निवासी विजय श्रेष्ठ र नविना श्रेष्ठले आफ्नो छोराको अन्नप्राशनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको तम्घास शाखाबाट पाँच लाखको बाल भबिष्य बीमा गरिदिएका हुन् ।

भबिष्यका लागि बचत गर्ने बिभिन्न माध्यम भएपनि अनिवार्य रुपमा बचत गर्न सकिने र भबितव्य परिहाले क्षतिपूर्ति पनि पाइने हुनाले जीबन बीमा प्रतिको बुझाइ फराकिलो बन्दै गएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*