नेशनल लाइफको उर्लाबारी शाखाद्वारा १४ लाख रुपैयाँको बीमा दाबी भुक्तानी

५ माघ २०८०, शुक्रबार १५:०७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उर्लाबारी शाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीका अनुसार नेशनल लाइफमा वैदेशिक रोजगार अन्तर्गतको बीमा गरी रोजगारका लागि विदेश पलायन भएका उर्लाबारी ८ का मोहन लाल तामाङको गत असोज ११ गते साउदी अरबको दमाममा असामयिक निधन भएको थियो ।

तत् पश्चात कम्पनीले बीमितकी श्रीमती तेज कुमारी तामाङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*