रिलायबल नेपालले गर्यो १ करोड माथिको बीमा दाबी भुक्तानी

७ माघ २०८०, आईतवार १७:११

काठमाडौं । रिलायबले नेपाल लाइफले १ करोडभन्दा माथिको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई १ करोड १४ लाख रुपैयाँको जीवन बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीका अनुसार बीमित विनोद पराजुलीले कम्पनीको लेखनाथ शाखाबाट १ करोड बिमाङ्कको समुन्नति जीवन बीमा योजनाको बीमालेख खरिद गरेका थिए । उक्त बीमाशुल्क बापत ७ लाख रकम जम्मा गरेका पराजुलीको क्यान्सरका कारण निधन भएको थियो ।

कम्पनिका काठमाडौं तथा गण्डकी प्रदेशका बिजनेस हेड सरोज अधिकारी र लेखनाथ शाखा प्रमुख विष्णुहरी अधिकारीले पराजुलीले इच्छाएको व्यक्ति बीमितकी श्रीमती बविता सुवेदी पराजुलीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा सिनियर एजेन्सी मेनेजर खेमराज भण्डारीले बीमित पराजुलीलाई बीमा गराउँदा र जीवन बीमाकै सकृय अभिकर्ताको रूपमा अगाडि बढाइ एमडीआरटी बनाउन सफल हुँदाका क्षणको स्मरण गरेका थिए । उक्त रकम हस्तान्तरण कार्यक्रममा बिजनेस हेड सरोज अधिकारीले बीमाको आवश्यकता र महत्वका बारेमा प्रकाश पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*