बीमाको शेयरमा चर्काे गिरावट, कुनको शेयरमूल्य कति?

८ माघ २०८०, सोमबार १७:१९

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से ३१ अंकले ओरालो लागेको छ। नेप्सले ओरालो यात्रा जारी राखेसँगै आज बीमा सेक्टर राताम्य देखिएको छ ।

जीवन बीमा

सोमबार जीवन बीमा परिसूचक ८१ अंकले ओरालो लागेको छ। यस दिन जीवन बीमा उपसूचक ०.७४ प्रतिशतले घटेको हो।

आज जीवन बीमा सेक्टरबाट कुल १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका थिए। जसमध्ये ४ कम्पनीहरुको शेयरमूल्य बढ्दा ७ को घट्यो भने बाँकी एक कम्पनी स्थिर रहेको छ।

आज सन नेपाल लाइफको शेयरमूल्य सर्वाधिक २.७३ प्रतिशतले बढेको छ । नेपाल लाइफ इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफको शेयरमूल्य सर्वाधिक घटेको छ।

निर्जीवन बीमा

सोमबार निर्जीवन बीमा परिसूचक १३७ अंकले ओरालो लागेको छ । यस दिन निर्जीवन बीमा सेक्टरबाट कुल १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका हुन्।

जसमध्ये १० कम्पनीहरुको शेयरमूल्य घट्यो भने दुई कम्पनीहरुको शेयरमूल्य भने बढेको छ । आज नेको इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयरमूल्य बढेको हो।

आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र यूनाईटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको छ । यस दिन यी दुई कम्पनीहरुको शेयरमूल्य २.३४ प्रतिशतले घटेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*