नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले पाउने बोनस बृद्धि भई ८२ रुपैयाँबाट ८५ रुपैयाँ पुग्यो

९ माघ २०८०, मंगलवार ०८:५६

काठममाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत पश्चात सार्वजनिक गरिएको बोनस दर हालसम्मकै सर्वाधिक प्रतिवर्ष प्रतिहजार ८५ रुपैयाँ अधिकतम् बोनसदर निर्धारण गरिएको छ । गत वर्ष अधिकतम् ८२ रुपैयाँ बोनसदर सार्वजनिक गरेको नेपाल लाइफले यस वर्ष बृद्धि गरी ८५ पुर्याउन सफल भएको छ ।

सार्वजनिक भएको बोनस दर अनुसार जीवन सारथी जीवन बीमा पोलिसीको २६ वर्षभन्दा बढि समयका बीमा पोलिसीको बोनसदर ८५ रुपैयाँ निर्धारण गरिएको छ । गत वर्ष ८२ रुपैयाँ रहेकोमा यसवर्ष बृद्धि गर्न सफल भएको छ । त्यस्तै, सबैभन्दा कम अग्रिम भुक्तानी बीमा पोलिसीमा ५० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस निर्धारण गरिएको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक जीवन बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि बीमा पोलिसीको अवधी अनुसार अधिकतम् ८२ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनसदर तोकिएको छ । त्यस्तै, सावधिक जीवन बीमालेख नौलो सुरक्षित र नौलो केटाकेटी बीमालेखको बोनसदर न्यूनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म तोकिएको छ ।

सार्वजनिक भएको बोनस दर अनुसार सावधिक जीवन बीमा पोलिसी अन्तर्गतकै जीवन समुन्नतका बीमितले न्यूनतम् ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, सोही विधाको जीवन साहारा बीमा पोलिसीमा न्यूनतम ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।

स्वीकृति बोनसदर अनुसार अग्रिम भुक्तानी सावधिक बीमालेखमा सबै अवधीका लागि ५० रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस पाइनेछ । त्यस्तै, अग्रिम भुक्तानी सावधिक बीमालेखकै धनवर्ष १५ वर्ष, धनवर्षा २० वर्ष, नौलो जीवन समृद्धि, नौलोधन वर्षा, जीवन उन्नती, छोराछोरी सदाबहार जीवन बीमा पोलिसीहरुमा समान ५० रुपैयाँ बोनस दर तोकिएको छ ।

त्यस्तै, जीवन सारथी बीमा पोलिसीमा न्यूनतम ६२ रुपैयाँदेखि ८५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । नेपाल लाइफले अधितम् ८५ रुपैयाँ बोनसदर सार्वजनिक गरेर आफूलाई उत्कृष्ट र अब्बल बीमा कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ ।

कम्पनीको बोनसदर समग्रमा ८२ रुपैयाँ अधिकतम्बाट बृद्धि भई ८५ रुपैयाँ अधिकतम् पुगेको छ भने बीमा अवधीभन्दा पहिले नै बीमाङ्क रकम अग्रिम भुक्तानी गरिने बीमा पोलिसीको बोनसदर ५६ रुपैयाँबाट ५० रुपैयाँमा झारिएको छ । जीवन बीमाका अग्रिम बीमाङ्क रकम भुक्तानी हुने बीमा पोलिसीको बोनसदर अन्यभन्दा कम हुने गर्दछ । कम्पनीले बीमाङ्क रकम अग्रिम भुक्तानी लिने र नलिई सावधिक रुपमा बचत गर्ने बीमितहरुको हकको न्यायोचित वितरणका लागि अग्रिम भुक्तानी बीमा पोलिसीको बोनसदर केही तल र अग्रिम भुक्तानी नलिने बीमा पोलिसीहरुको बोनसदर केही माथि पारेको देखिएको छ ।

घोषित बोनसदर अनुसार अधिकांश बीमितले ६० रुपैयाँभन्दा माथि बोनस पाउनेछन् । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको बोनसदरको आधारमा नेपाल लाइफको सर्वोत्कृष्ट बोनसदर कायम गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*