प्रभु महालक्ष्मी लाइफको २६ हजार ९६० कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

९ माघ २०८०, मंगलवार ११:०१

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएकोे छ । बैंकले संस्थापक समूह तर्फको २६ हजार ९६० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनी देबी प्रकाश भट्टचनले ५ हजार कित्ता र रुपक कुमार मल्लले २१ हजार ९६० कित्ता सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ ९ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी काठमाडौँमा आवेदन पेश गर्ने सकिनेछ ।

तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन पेश नभएको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*