माघ महिनामा १३ कम्पनीको साधारणसभा, तीन बीमा कम्पनीबाहेक सबैले लाभांश शून्य

१० माघ २०८०, बुधबार १५:१२

काठमाडौं।  माघ महिनामा विभिन्न १३ कम्पनीले बार्षिक साधारणसभा डाकेको छ । तीन बीमा कम्पनीले मात्रै लाभांश दिने बाँकी १० कम्पनीले सेयरधनीको हात खाली गर्ने भएको छ ।सिटिजनस लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश दिने भएका छन् भने बाँकी कम्पनीले सेयरधनीले हात खाली बनाएको छ ।

बलेफी हाइड्रोपावर कम्पनीले आज सभा बोलाएको छ । कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गते बुक क्लोज गरिसकेको छ । पुस २६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माघ ११ गते सभा बोलाएको छ । कम्पनीले पनि सेयरधनीको हात खाली बनाएको छ । पुस २६ गते बुक क्लोज गरिसकेको छ । पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सेयरधनीको हात खाली बनाएको नेको इन्स्योरेन्सले १२ गतेका लागि सभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनका लागि माघ २ गते बुक क्लोज गरेको छ । त्यस अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् । तेह्रथुम पावर कम्पनीले माघ १३ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर २८ देखि पुस २१ गतेसम्म बुक क्लोज गरेको छ । कम्पनीले सभाबाट १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्सले माघ १४ गते सभा बोलाएको छ । गत आवको नाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि पुस २९ गते बुक क्लोज गरेको छ । पुस २८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

गुडविल फाइनान्सले माघ १५ गते सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १८ देखि पुस २९ गतेसम्म बुक क्लोज गरेको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

हिमालयन लाइफ इन्स्योरेन्सले माघ १८ गते सभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ ३ गते बुक क्लोज गरेको छ । माघ २ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

प्रोग्रेशिभ फाइनान्सले माघ २२ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ ७ गते बुक क्लोज गरेको छ । माघ ६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माघ २५ गतेका लागि सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट ८।६३ प्रतिशत बोनस र कर सहित ६।३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने भएको छ । माघ १३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

मेरो फाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ २६ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ ५ गते बुक क्लोज गरेको छ । माघ ४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

सोनापुर मिनरल्स एण्ड आयलले माघ २६ गतेका लागि सभा बोलाएको छ । सेयरधनीको हात खाली बनाएको कम्पनीले माघ १२ गतेका लागि सभा बोलाएको छ । ११ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउनेछन् ।

माघ २८ गतेका लागि कुमारी बैंकले सभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ ९ गते बुक क्लोज गरेको छ । माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । बैंकले पनि सेयरधनीको हात खाली बनाएको छ ।

सेयरधनीलाई १६।८४ प्रतिशत लाभांश दिन लागेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माघ २९ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गर्ने छ । माघ १४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*