जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७४ अर्बमाथि, कु्नको कति ? सूची सहित

१० माघ २०८०, बुधबार १६:००

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पुस महिनासम्ममा ७४ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् ।नेपाल बीमा प्राधिकरणले करोड ३७ लाख ४१ हजार ३५५ वटा बीमा पोलिसी विक्री गरी ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल लाइफले यस अवधिसम्ममा सबैभन्दा धेरै २० अर्ब २ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनील रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, हिमालयन लाइफले ८ अर्ब ९करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ४ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफले २ अर्ब ८५ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले २ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले २ अर्ब १० करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*