पुस मसान्तसम्म लघु बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २ करोडमाथि, क्रेष्ट माइक्रो लाइफ उत्कृष्ट

१० माघ २०८०, बुधबार १७:२२

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले पुस महिनामा मात्रै एक करोड ४३ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् । जसमा सबैभन्दा उत्कृष्ट केष्ट माइक्रो लाइफ ठहरिएको छ । उसले पुस महिनामा मात्रै ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

दोस्रोमा गार्डियन माइक्रो लाइफले ३० लाख र तेस्रोमा लिवर्टी माइक्रो लाइफले १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै, लघु जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्म दुई करोड ५२ लाख रुपैयाँ कल बीमाशुल्क आर्जन गरेका छन् ।

क्रेष्टले सबैभन्दा धेरै एक करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा गार्डियनले ६६ लाख र लिवर्टीले २८ लाल रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*