१५ बीमा कम्पनीको सेयर मूल्य घट्यो, अन्य कुनले कति कमाए ?

११ माघ २०८०, बिहीबार १६:०५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो लागेको छ । बजार निरन्तर ओरालो लागेसँगै अधिकांश बीमा कम्पनीहरुको सेयर मूल्य समेत ओरालो लागेको हो ।

नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १५ वटाको सेयर मूल्य घटेको छ । त्यसैगरी ६ वटाको मूल्य बढ्दा ३ वटा कम्पनीको मूल्य यथावत रहेको छ ।

जीवन बीमा तर्फ २ कम्पनीको मूल्य बढेको छ भने एकको स्थिर रहेको छ । अन्य ९ कम्पनीको सेयर मूल्य घटेको हो । आज जीवन बीमातर्फ नेशनल लाइफको सेयर मूल्य सर्वाधिक ०.२८ प्रतिशतले बढेको हो ।

निर्जीवन बीमा तर्फ ४ कम्पनीको सेयर मूल्यमा सुधार आउँदा २ कम्पनीको स्थिर रहेको छ । अन्य कम्पनीको मूल्य घटेको हो । आज प्रभु इन्स्योरेन्सको सेयर सर्वाधिक १।६१ प्रतिशतले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*