बीमांकी नियुक्ति सम्बन्धी मागर्दशनको मस्यौदा तयार, रायसुझाव लिएर साउन १ गतेदेखि लागू हुने

११ माघ २०८०, बिहीबार १६:००

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमांकी नियुक्ति सम्बन्धी मागर्दशन २०८० को मस्यौदा तयार पारेको छ ।नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०२२ , वि.स.२०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै यो निर्देशिकाको मस्यौदा तयार पारेको प्राधिकरणका उपनिर्देशक राम कोजुले बताएका छन् ।

बीमा कम्पनीहरुले नियुक्त गर्ने एक्चुरीको भूमिका सम्बन्धी निर्देशिकाको मस्यौदा तयार भएको र प्राधिकरणले बीमक, लगानीकर्ता, आम सर्वसाधारण र सम्बन्धी निकायहरुलाई मस्यौदामा सुझाव दिन समेत आग्रह गरेको छ ।यो निर्देशिका बीमा प्राधिकरणले २०८१ साल साउन १ गतेदेखि लागू गर्ने भएको छ। बीमांकीय मूल्यांकन भनेको बीमा कम्पनीको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन गर्ने कार्य हो ।

अन्य कम्पनीहरूलाई लेखापरीक्षण गराए मात्र पुग्छ । तर, जोखिमको क्षेत्रमा काम गर्नुपर्ने भएकाले बीमा कम्पनीले बीमांकीय मूल्यांकन अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । बीमांकीले विगतको तथ्यांक अनुसार सम्भावित जोखिम निर्धारण गर्ने, नयाँ बीमा योजना बनाउने तथा बीमितका लागि बोनसदर निर्धारण गर्ने जस्ता कामहरू गर्नुपर्ने हुन्छ ।

नेपालमा भने यस्तो जनशक्ति नहुँदा बीमा कम्पनीहरूले विदेशी बीमांकी मार्फत यस्तो मूल्यांकन गराउँदै आएका छन् । विदेशी बीमांकी मार्फत यस्तो मूल्यांकन गराउँदा समयमा नहुने गरेको पनि कम्पनीहरू बताउँछन् । साथै, समयमै वार्षिक साधारणसभा समेत गर्न नसकिएको कम्पनीहरूको भनाइ छ ।

प्राधिकरणले तयार गरेको मस्यौदा अनुसार बीमा कम्पनीहरुले एक्चुरी नियुक्ति अनिवार्य नै गनुपर्ने हुन्छ । बीमा कम्पनीहरुले बीमा कारोबार गर्न आवश्यक सल्लाह लिन परे पियर रिभ्यु एक्चुअरी नियुक्त गर्नुपर्ने व्यवस्था मस्यौदामा समावेश गरिएको छ ।

इन्स्टिच्युट अफ फ्याकल्टी अफ एक्चुअरिज यूके, इन्स्टिच्युट अफ फ्याकल्टी अफ एक्चुअरिज इन्डिया, सोसाइटी अफ एक्चुअरिज अमेरिका, क्याजल्टी एक्चुअरियल सोसाइटी, क्यानेडियन इन्स्टिच्युट अफ एक्चुअरिज, इन्स्टिच्युट अफ एक्चुअरिज अस्ट्रेलिया र अन्य विश्वप्रख्यात बीमा कम्पनीको एक्चुअरीमा नियुक्त गर्न सकिने व्यवस्था मस्यौदामा समावेश गरिएको छ। एक्चुरी एक कम्पनीमा मात्रै कार्यरत रहेको हुनुपर्ने व्यवस्था रहेको छ । उदाहरणको लागि नेपाल लाइफमा नियुक्त गरेको एक्चुरी नेशनल लाइफमा हुनुहुँदैन ।

बीमांकी नियुक्ति सम्बन्धी मागर्दशन २०८० को मस्यौदा, 

Draft-of-Actuarial-Appointment-Guideline-V_8

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*