लघुबीमाको दायरा विस्तार गर्न मोटर र वैदेशिक रोजगार बीमाको बाटो खुल्ला, बीमांक रकम कति तोकियो ?

११ माघ २०८०, बिहीबार १७:३७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमाको दायरा विस्तार गर्न सुरु गरेको छ। यसअघि मोटर बीमा योजना हुँदै प्राधिकरणले वैदेशिक रोजगार जारी गर्न सम्म लघुबीमा कम्पनीहरुलाई बाटो खुल्ला गरेको हो ।

प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन,२०७९ लाई संशोधन गरेको हो। सो बैठकले लघुबीमा कम्पनीले ५० लाख दायित्व सम्मको मोटर लघुबीमा गर्न पाउने व्यवस्था गरेको छ।यसअघि लघुबीमा कम्पनीले मोटर लघुबीमा अन्तर्गत ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटर अन्तर्गत पर्ने कृषि उपकरण, मोटरुसाइकल, ट्राइसाइकल, मोपेड,ट्रयाम्पु, रक्सा,ठेलागाडाको मात्रै बीमा गर्न पाउने व्यवस्था थियो।यसैगरी, लघुबीमामा पनि मोटर तेस्रो पक्ष बीमा हुनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, लघु जीवन बीमा कम्पनीलाई वैदेशिक रोजगार (म्यादी) बीमा जारी गर्ने बाटो खुल्ला गरिदिएको छ । प्राधिकरणले लघुबीमा निर्देशन, २०८० संशोधन गरी लघु बीमा कम्पनीले वैदेशिक बिमा गर्न पाउने व्यवस्था गरेको हो।

यसअघि ठूला जीवन बीमा कम्पनीले मात्रै लघुबीमा लेख बिक्री गर्दै आएकामा अब अब लघु जीवन बिमा कम्पनीले पनि जीवन बीमा कम्पनीसरह ५ लाख रुपैयाँसम्मको वैदेशिक रोजगार बीमा जारी गर्न सक्नेछन्।
प्राधिकरणले लघु बीमा निर्देशन, २०८० को दफा २० मा उपदफा ४ थप्दै वैदेशिक रोजगार (म्यादी) बीमालेख पनि बिक्री गर्न पाउने व्यवस्था गरेको हो।

२०७३ देखि सरकारले वैदेशिक रोजगारमा गएका नागरिकका लागि वैदेशिक रोजगार (म्यादी) बिमालेख जारी गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*