कुमारी बैंकको सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?
१२ माघ २०८०, शुक्रबार ११:१७
काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयर समूहको ३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीको संस्थापक सेयरधनी बिजय कोइरालाले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ १२ गते) ले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौँ १ नक्साल र बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।