यस्तो छ जीवन बीमा अभिकर्ताको आजदेखि सुरु हुने परिक्षाको तालिका

१४ माघ २०८०, आईतवार १४:४३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि जीवन बीमा अभिकर्ताको अनलाईन परीक्षा सञ्चालन गर्दैछ ।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाईन परीक्षा आजदेखि सञ्चालन गरिदैछ ।

आज अर्थात् (माघ १४) गतेदेखि माघ १९ गतेसम्म परीक्षा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ । आज प्रथम दिन आइतबार र भोली साँझ ४ बजेदेखि साढे ५ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

त्यस्तै, १६ गते अर्थात् मंगलबारदेखि शुक्रबारसम्म साँझ ५ बजेदेखि साढे ६ बजेसम्म परीक्षा सञ्चालन गरिने जानकारी प्राधिकरणले सूचनामार्फत दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*