सन नेपाल लाइफद्वारा सुपका अभिकर्तालाई सम्मान

१४ माघ २०८०, आईतवार १५:४६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले प्रदेश स्तरीय अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरेर अभिकर्ताहरुलाई सम्मान गरेको जनाएको हो ।

कम्पनीले उक्त प्रदेश स्तरिय अभिकर्ता सम्मान कार्यक्रम सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित घोडाघोडी नगरपालिका–०१, सुखडको जङ्गल रिसोर्टमा आयोजना गरेको हो ।

माघ १३ गते सम्पन्न उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) को उपस्थितिमा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले सो कार्यक्रममा विभिन्न अभिकर्ताको साथसाथै मार्केटिङ मेनेजरहरलाई पनि सम्मान गरेको बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*