आइतबार १२ वाणिज्य बैंकको सेयर मूल्य घट्यो, अब कतिमा किन्न पाइन्छ ?

१४ माघ २०८०, आईतवार १६:०६

काठमाडौँ । लामो समय पछि सुधार आएको बजारमा वाणिज्य बैंक समूहको सेयर मूल्य भने ओरालो लागेको छ । आइतबार १२ वाणिज्य बैंकको सेयर मुल्य घटेको हो ।

बजारमा आज दोहोरो अकंको सुधार देखिएको छ । सबै लगानीकर्ता उत्साहित हुँदा वाणिज्य बैंकको अधिकांशको मूल्य घटेको हो । आज वाणिज्य बैंक सेक्टरबाट कुल १९ सूचीकृत बैंकहरु कारोबारमा आएका छन् । जसमध्ये १२ बैंकहरुको सेयरमूल्य घटेको छ भने ६ बैंकहरुको शेयरमूल्य ओरालो लागेको छ । एक बैंकको सेयरमा भने कुनै प्रकारको हलचल आएको छैन् ।

यस दिन एभरेष्ट बैंकको सेयर सर्वाधिक १.४५ प्रतिशत र नेपाल एसबिआई बैंकको ०.६४ प्रतिशतले सेयरमूल्य बढेको छ ।

यता हिमालयन बैंकको सेयरमूल्य सर्वाधिक १.२७ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*