सिटिजन लाइफमा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिना चयन

१४ माघ २०८०, आईतवार १८:५०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा आज सम्पन्न भएको छ।

कम्पनीको सभाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिना चयन गरेको छ । आज सम्पन्न भएको सातौँ वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीतर्फबाट दुई सञ्चालक निर्वाचित भएका हुन् । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको कुल ५.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

सभाले चुक्ता पुँजी ३ अर्ब ७५ करोडको ५ प्रतिशत बराबरले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतले बराबरको ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश अनुमोदन गरेको हो । बोनस पारित भएसँगै सिटिजन लाइफको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदन सदर गरिएको छ भने आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त समेत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*