गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने

१५ माघ २०८०, सोमबार १०:३९

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको हो ।

कम्पनीले फागुन ६ गते विराटनगरमा रहेको होटल एअरपोर्टमा दिउँसो १ बजे प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*