व्यतित बीमालेख पुर्नजागरण गर्दा एशियन लाइफले ५०% सम्म छुट दिने

१५ माघ २०८०, सोमबार ११:३२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुर्नजागरण गराउदा ५० प्रतिशत सम्म छुट दिने निर्णय गरेको छ ।

कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत गत पुस मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरु आज (माघ १५ गते) देखि फागुन २५ गतेसम्म पुर्नजागरण गराउदा पाँच वर्षदेखि माथि ५० प्रतिशत र दुई वर्षदेखि ५ वर्षभन्दा कम भएमा २५ प्रतिशत सम्म ब्याजमा छुट दिने निर्णय कम्पनीले गरेको हो ।

साथै, दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने र एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने कम्पनीले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*