सानिमा रिलायन्स लाइफका अध्यक्ष रतन लाल केडियाले लिए शपथ

१५ माघ २०८०, सोमबार १२:०५

काठमाडौं । सानिमा रिलायन्स लाइफका अध्यक्ष रतन लाल केडियाले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।बीमा प्राधिकरणको एक कार्यक्रमका बिच अध्यक्ष केडियाले शपथ लिएका हुन् ।

कम्पनीको माघ ११ गते सम्पन्न भएको बार्षिक साधारणसभापछि बसेको पहिलो सञ्चालक समितिको बैठकबाट केडिया अध्यक्षमा चयन भएका हुन् । संस्थागत सुशासन निर्देशिका अनुसार कम्पनीका अध्यक्षले बीमा प्राधिकरणका अध्यक्षबाट पद तथा गोपनियताको शपथ लिने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*