एकल बीमा पोलिसीबाट पछाडि हट्दै बीमा कम्पनीहरु, एकल बीमा कारोबार १२ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)

रिना खत्री
१५ माघ २०८०, सोमबार १४:४७

काठमाडौं । गत आर्थिक बर्षमा १ अर्ब १८ करोड रुपैयाँ एकल बीमाशुल्क शुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा घटाएको छ।चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ एकल बीमाशुल्क उठाएको छ।हाल सञ्चालनमा रहेका १४ मध्ये ६ कम्पनीले गत आर्थिक बर्षको तुलनामा एकल बीमाशुल्कको रकम घटाएको छ।

एकल बीमाशुल्कले बीमा कम्पनीलाई नै घाटा पुर्याउन थालेपछि बीमा कम्पनीहरुले स्वनियमनको विधिमार्फत एकल बीमा शुल्कका पोलिसीहरु घटाउँदै लगेका छन् । साथै बीमा प्राधिकरणले पनि एकल बीमापोलिसी निरुत्साहित गर्न आग्रह गर्दै आएको छ ।

बीमा प्राधिकरणको निर्देशन बमोजिम अधिंकाश जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक बर्षको तुलनामा एकल बीमाशुल्कका बीमा पोलिसी उल्लेख्य मात्रामा घटेको पाइएको हो ।
एकल बीमा शुल्कका पोलिसीहरुमा बीमाभन्दा पनि गलत धन्दा मौलाएको तथा बीमा कम्पनीहरुलाई समेत घाटा हुन थालेपछि यस्तो बीमाशुल्कप्रति बीमा कम्पनीहरु स्वयम् नै आकर्षित हुन छोडेको गत आवको तथ्याङ्कले देखाएको छ ।

१४ जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थानको एकल बीमाशुल्क भने गरेको छैन भने चार बीमा कम्पनीको एकल बीमाशुल्क आर्जन बढेको र अन्य नौ वटा बीमा कम्पनीको भने घटेकोे तथ्यांकमा उल्लेख रहेको छ ।राष्ट्रिय जीवन बीमा कम्पनीले भने एकल बीमा पोलिसी बिक्रि नगर्ने कम्पनीमा पर्दछ ।

जीवन बीमा कम्पनीहरुले एकल बीमाशुल्क अन्तर्गत बीमालेख बिक्रीबाट १ अर्ब ४० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

गत आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमाशुल्क अन्तर्गत बीमालेख १ अर्ब १८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए ।

अघिल्लो आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको एकल बीमाशुल्क आर्जन १२.३६ प्रतिशतले घटेको छ ।

वृद्धिदरको आधारमा


एकल बीमाशुल्कको आधारमा बीमा प्राधिकरणको तथ्यांक अनुसार हेर्ने हो भने नेपाल लाइफ अगाडि रहेको छ । कम्पनीको एकल बीमाशुल्क आर्जन ४०१ प्रतिशतले बढेको छ ।

गत आर्थिक बर्षमा ३ करोड रुपैयाँ मात्रै एकल बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस अवधिसम्ममा ४ सय प्रतिशतले वृद्धि गरेर १५ करोड रुपैयाँ पुराएको छ ।

दोस्रोमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको एकल बीमाशुल्क २७१ प्रतिशतले बढेर २ करोड २१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ५ करोड रुपैयाँ एकल बीमाशुल्क आर्जन गरेको थियो ।तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीको एकल बीमाशुल्क आर्जन गत आर्थिम बर्षको तुलनामा ८०।९० प्रतिशतले बढेको छ ।

त्यस्तै, एलआईसी नेपालको २३ प्रतिशत, सानिमा रिलायन्स लाइफको २२ प्रतिशत, नेशनल लाइफको २१ प्रतिशत, रिलायबल नेपाल लाइफको ३ प्रतिशतले एकल बीमापोलिसी वृद्धि भएको छ ।

६ कम्पनीको एकल बीमाशुल्क आर्जन घट्यो

 

बीमा कम्पनीहरुको तथ्याङ्क अनुसार अघिल्लो आवको तुलनामा गत आवमा ६ वटा जीवन बीमा कम्पनीहरुको एकल बीमा शुल्क घटेको छ ।केही कम्पनीहरुको एकल बीमा शुल्क त उल्लेख्य मात्रामा घटेको छ । नियामकीय चिन्ता र चासोको विषय रहेको एकल बीमा शुल्क बीमा कम्पनीहरु स्वयम्कै स्वनियमनमा प्रभावकारी घटेको तथ्याङ्कमा देखिएको छ ।

मेट लाइफको ११ प्रतिशत, सिटिजन लाइफको १३ प्रतिशत, सूर्य ज्योति लाइफको २१ प्रतिशत, आइएमई लाइफको ४३ प्रतिशत, सन नेपाल लाइफको ५९ प्रतिशत र एशियन लाइफको ८० प्रतिशतले एकल बीमाशुल्क आर्जन घटेको छ।

रकमको आधारमा कुन कम्पनीको अवस्था कस्तो ?

गत आवमा रकमको आधारमा सबैभन्दा ठूलो रकम एकल बीमा शुल्क बापत संकलन गर्ने कम्पनी नेशनल लाइफ रहेको छ ।कम्पनीले २७ करोड १३ लाख रुपैयाँ एकल बीमा शुल्क संकलन गरेको छ।

त्यस्तै, सन नेपाल लाइफ रहेको छ । कम्पनीले एकल बीमाशुल्क बापत १६ करोड रुपैयाँ एकल बीमाशुल्क आर्जन गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीेले १५ करोड रुपैयाँ, सूर्य ज्योति लाइफले ११ करोड रुपैयाँ, ,मेट लाइफले १० करोड ५८ लाख रुपैयाँ एकल बीमाशुल्क आर्जन वापत आर्जन गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेनस कम्पनीको ६ करोड ९४ लाख रुपैयाँ, हिमालयन लाइफको ५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफको ३ करोड रुपैयाँ एलआईसीको ३ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब रुपैयाँ, आइएमई लाइफले एक अर्ब रुपैयाँ एकल बीमाशुल्क आर्जन गरेका छन् ।

के हो एकल बीमा शुल्क ?

लामो अवधिको जीवन बीमा खरिद गर्दा बीमितले नियमित रुपमा बीमा अवधिभर बीमा प्रिमियम रकम बीमा शुल्कवापत भुक्तानी गर्छन् ।तर एकल बीमाशुल्कमा बीमितले कूल बीमाङ्क रकम अर्थात बीमा प्रिमियम सुरुमै एकमुष्ठ तिरेको हुन्छ ।यसरी एकमुष्ठ रुपमा बीमा शुल्क भुक्तानी गर्दा बीमितले निश्चित प्रतिशत छुट पाउँछन् ।

खासगरी जीवन बीमा शुल्क एकै पटक तिर्ने र आकस्मिक रुपमा कमाएका व्यक्तिले बीमा गराउने यस्तो खालको बीमा गराएका हुन्छन् । पछिल्लो समय रियलस्टेट ब्यवसायी यस्तो बीमाप्रति बढी आकर्षित भएका देखिएको छ ।

अन्य बीमालेखमा किस्ता किस्तामा बीमितले बीमाशुल्क वापतको रकम जम्मा गर्नुपर्छ । तर एकल बीमाशुल्क अन्तर्गत लामो अवधिको बीमाशुल्क एकै पटकमा बीमा कम्पनीलाई बुझाउनुपर्छ ।नेपाल राष्ट्र बैंक मातहत रहेको वित्तीय जानकारी इकाईले समेत एकल बीमाशुल्क बीमा योजना मुद्रा निर्मलीकरणको लागी प्रयोग भइरहेको आशंका गर्दै बीमा प्राधिकरणमार्फत यो बिषयमा अनुसन्धान समेत गरिसकेको छ ।

अवैध स्रोतबाट प्राप्त आम्दानीलाई एकल बीमा शुल्कको माध्यमबाट बीमा गर्न प्रयोग गर्ने र तीन वर्षपछि समर्पण गरेर बीमाबाट भएको आम्दानीको रुपमा देखाएर श्रोत खुलाउनुपर्ने दायित्वबाट उम्किने प्रयास गरेको भन्दै राष्ट्र बैंकले समेत कडाई गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*