सम्पत्ति बीमामा कम्पनीहरुको बदमासी, प्राधिकरणको चेतावनी

१५ माघ २०८०, सोमबार १७:४४

काठमाडौं ।नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन रहेर काम गर्ने बीमा कम्पनीहरुलाई चेतावनी दिएको छ । सम्पत्ति बीमा निर्देशिका २०८० बमोजिम काम नभएको भन्दै नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई ऐन अनुसार काम गर्न निर्देशन दिएको सो बमोजिम काम नगरे कारवाही गर्ने परिपत्र पठाएको छ ।

प्राधिकरणले बैंकका लागि प्रयोग हुने बीमादरबारे सपष्ट रहन कम्पनीहरुलाई जानकारी दिँदै सम्पत्ति निर्देशन नं। ५ को बुँदा नं। ४ अन्तर्गत रहेको व्यवस्था नमाने कारावर्ही गर्ने चेतावनी दिएको छ ।

बीमा निर्देशिका विपरित रहेर बीमा र बैंकर्सको क्षतिपूर्ति बीमालेखलगायत विविध बीमाअन्तर्गत रक्षावरण हुने जोखिमका लागि यो बीमालेख जारी गरी सम्पत्ति बीमालेख आएको सुपरिवेक्षणमा पाएको हुँदा प्राधिकरणले सम्पत्ति बीममा कडाई गर्नको लागि यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले आगामी दिनमा बीमा ऐन विपरित यस्तो बीमा पोलिसी जारी गर्ने चेतावनी बीमा कम्पनीहरुलाई दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*