व्यतित बीमालेख नवीकरण गर्दा हिमालयन लाइफले विलम्ब शुल्कमा १००% सम्म छुट दिने

१६ माघ २०८०, मंगलवार ११:०३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शत् प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ।

कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा आज (माघ १६ गते) देखि माघ २५ गतेसम्म नवीकरण गर्दा बिलम्व शुल्कमा छुट दिने निर्णय गरेको हो

कम्पनीले तीन वर्षसम्मको व्यतित बीमालेखमा १०० प्रतिशत, तीन वर्ष माथि देखि ५ वर्षसम्मको व्यतित बीमालेखमा ५० प्रतिशत, पाँच वर्ष माथि देखि ७ वर्षसम्मको व्यतित बीमालेखमा ३५ प्रतिशत र ७ वर्ष माथि जतिसुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिने बताएको छ।

साथै, यस्तो किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*