नेपाल एसबिआई बैंक र इसेवाबीच रेमिट्यान्स भुक्तानी सम्झौता

१६ माघ २०८०, मंगलवार ११:५४

काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच एक सम्झौता भएको छ । बैंकका ग्राहकलाई लक्षित गरी इसेवा र बैंकले रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता गरेको हो ।

सम्झौतापश्चात सर्वसाधारण ग्राहकहरुले बैंकको सबै शाखाहरु र इसेवाका बिभिन्न एजेण्टहरु मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता कार्यक्रममा बैंकका तर्फबाट प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत सूनन्द मलहोत्रा, प्रमूख व्यवसाय प्रवद्र्घन अधिकृत रितेश अर्यालको उपस्थिति रहेको थियो ।

साथै, इसेवाका तर्फबाट इनोभेसन एण्ड अपरेशन म्यानेजर सूमित भण्डारीको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत र प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा तथा इसेवाका प्रमूख कार्यकारी अधिकृत अजेश कोइरालाको संयुक्त हस्ताक्षरमा उक्त सम्झौता गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*