बैंकिङ प्रणाली बाहिरबाट पनि पुँजी जुटाउने माध्यम खोज्नुपर्ने राष्ट्र बैंकको अध्ययन

१६ माघ २०८०, मंगलवार १३:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैकल्पिक वित्तीय स्रोत परिचालनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। स्टार्टप, वित्तीय समावेशिता र साना तथा मझौला उद्योगमा सहयोगी हुने भन्दै राष्ट्र बैंकले कन्सलटेटिभ डक्युमेन्ट अन पियर टू पियर ल्यान्डिङ एण्ड क्राउडफन्डिङ अगाडि ल्याएको हो।

नेपालमा कर्जाको अधिककेन्द्रीकरणको समस्या हल गर्दै व्यावसायिक ज्ञान र सिप भएका तर स्रोत नहुनेहरूका लागि पियर टू पियर ल्यान्डिङु र क्राउडफन्डिङु सहयोगी हुने बुझाइ राष्ट्र बैंकले लिएको छ।

कसैलाई पुँजी आवश्यक भए परम्परागत रूपमा बैंक तथा वित्तीय संस्था, सहकारी लगायतबाट कर्जा लिने र कुनै कम्पनी भए सेयर (आइपिओ) जारी गर्ने उपाय छ। मुख्य रूपमा पुँजी जुटाउन नेपालमा व्यक्ति र व्यक्तिबीच नै कारोबार हुने गरेको छ। हालसम्म यस्तो कारोबार नियमनको दायराभित्र भने आएको छैन।

राष्ट्र बैंकको केही वर्ष पुरानो एक अध्ययनले नवीन व्यवसाय (स्टार्टअप) र साना तथा मझौला व्यवसायका लागि पुँजी जुटाउने मुख्य आधार पुर्ख्यौली सम्पत्ति भएको देखाएको छ।

अध्ययनअनुसार ३३ प्रतिशतले पुर्ख्यौली सम्पत्तिबाट पुँजी जुटाउने गरेका छन्। त्यस्तै २५।८० प्रतिशतले व्यक्तिगत बचत, १६ प्रतिशतले बैंकिङ प्रणाली, ६।८० प्रतिशतले रेमिटेन्सबाट प्राप्त रकम र ८ प्रतिशतले अनौपचारिक क्षेत्रबाट पुँजी जुटाउने गरेका छन्। १० प्रतिशत हाराहारीले सहकारी लगायत अन्य माध्यमबाट पुँजी जुटाउँदै आएका छन्।

राष्ट्र बैंकले पियर टु पियरु प्लेटफर्म सम्बन्धमा गरेको एक अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ। त्यसमा कुनै व्यक्ति वा संस्थाले बैंकिङ प्रणाली बाहिरबाट पनि व्यवसायका लागि लगानी जुटाउन सक्ने व्यवस्थामा जानुपर्ने सुझाव दिइएको छ। अर्थात् कुनै व्यक्ति वा संस्थाले नै यसरी पुँजी दिन सक्ने व्यवस्था परिकल्पना गरिएको हो।

नियमन दायरामा आउने गरेर यस्तो माध्यम विकास गर्नुपर्ने राष्ट्र बैंकको अध्ययनले बताएको छ।

पुँजीका लागि परम्परागत बैंकिङ प्रणालीमा मात्र रहेको निर्भरता हटाउन पनि यस्तो प्लेटफर्म आवश्यक पर्छ, राष्ट्र बैंकका एक निर्देशकले भने, यस्तो प्लेटफर्ममा पुँजी चाहिने र दिन सक्ने जो कोही व्यक्ति वा संस्था जोडिन सक्छन्। भारत, मलेसियाको उदाहरण हेर्ने हो भने त्यहाँ यसको राम्रो अभ्यास भएको पाइन्छ।

यस्तो वैकल्पिक वित्तीय प्रणालीका आधारमा भारत एसियामै महत्वपूर्ण हिस्सा ओगट्ने मुलुक बनेको प्रतिवेदनमा उल्लेख छ। सन् २०१८ मा भारतको यस्तो वैकल्पिक वित्तीय प्रणाली लगभग ५४ करोड ७० लाख डलर हालको मूल्यमा ७२ अर्ब करोड रूपैयाँ बराबर पुगेको छ।

भारतमा यस्तो प्लेटफर्म निकै कडाइ साथ सञ्चालनमा ल्याइएको छ। गैरबैंकिङ वित्तीय संस्थाका रूपमा यस्तो प्लेटफर्मको नियमन गरिएको छ। यस्तो प्लेटफर्ममार्फत् ५० लाख भारूसम्म मात्र लगानी गर्न सक्ने गरी सीमा तोकिएको छ। त्यस्तै एक व्यक्ति वा संस्थाले एकपटकमा ५० हजार भारूभन्दा बढी लगानी गर्न वा ऋण दिन नपाउने व्यवस्था छ।

ऋण लिनेले पनि कम्तीमा १० लाख भारूसम्म मात्र लिन सक्ने व्यवस्था छ।

यसरी लिइएको पुँजी बढीमा ३६ महिना (तीन वर्ष) पछि फिर्ता दिनुपर्ने व्यवस्था समेत भारतले गरेको छ।

नेपालमा पनि पियर टु पियरु प्लेटफर्मको सम्भावना खोज्नुपर्ने राष्ट्र बैंकको अध्ययनको निचोड हो। यस्तो प्रणालीमा ब्याज वा संस्थारव्यवसायको सेयर लिने गरेर समेत लगानी गर्न सकिने व्यवस्था अभ्यासमा छन्।

अध्ययनले ब्याज लिएर हुने लगानीको नियमन राष्ट्र बैंकको दायरामा ल्याएर विकास गरिनुपर्ने बताएको छ। त्यस्तै सेयर पुँजीमार्फत् प्रतिफल लिने उद्देश्यले हुने लगानीको नियमन धितोपत्र बोर्डबाट गर्न सकिने सुझाव छ।

ऋण लिने ग्राहक वा संस्थाको व्यक्तिगत ऋण उपभोगको रेटिङु व्यवस्था गर्ने, कर्जाआम्दानी अनुपात तय गर्ने लगायत व्यवस्था पनि गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*