हिमालयन लघुवित्तले गर्यो दाबी भुक्तानी

१६ माघ २०८०, मंगलवार १६:३६

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्थाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय खरचुहिया,सप्तरीले आवद्ध रहेकी सदस्य धनो देवी खत्वीनीका श्रीमान राम लाल खङ्ग खत्वेको निधन पश्चात निज सदस्य खत्वीनीलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।

सप्तरी जिल्ला खडक नगरपालीका वडा नं.५ रन्जीतपुर टोलमा रहेको केन्द्र नं.७० कि सदस्य खत्वेनीले संस्थाबाट १ लाख २० हजार रुपैयाँ कर्जा लिएकी थिईन । सदस्यको श्रीमान्को निधन पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बीमा अन्तर्गत बिमितको मृत्यु पश्चात दिइने काजक्रिया खर्च ३१ हजार रुपैयाँ गरि १ लाख ५१ हजार भुक्तानी गरिएको हो । जस मध्ये तिर्न बाँकीरहेको ऋण रकम ७५ हजार ६२५ रुपैयाँ कट्टागरी बीमाङ्कन रकमको बाँकि रकम ७५ हजार ३७५ रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।

निज सदस्यको घरमै पुगि अनुगमन कार्यालय झुम्का का प्रमुख होम बहादुर धमला र उक्त केन्द्रका केन्द्र प्रमुखको अध्यक्षतामा चेक हस्तान्तरण गरीएको संस्थाका शाखा प्रबन्धक महेश प्रसाद चौधरीले जानकारी दिए । रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक चौधरी, केन्द्रका संचालक निर्मला कुमारी चौधरी र अनुगमन कार्यालय बाट अनुगमन अधिकृत होम बहादुर धमला को समेत उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*