मोटर बीमा सम्बन्धी निर्देशन परिमार्जन गर्न बीमा प्राधिकरणले माग्यो लिखित सुझाव

१६ माघ २०८०, मंगलवार १६:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सवारी साधन बीमादर सम्बन्धी निर्देशन, २०८० मा समसामयिक परिमार्जन गर्ने प्रयोजनका लागि सम्बन्धित सरोकारवालासँग सुझाव मागेको छ ।

बीमा प्राधिकरणले आधिकारिक चिठी नै जारी गरेर सरोकारवालासँग लिखित रुपमा राय, सल्लाह र सुझाव माग गरेको हो । सुझाव पठाउन फागुन १ गतेसम्मको समय दिइएको छ ।

प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ अनुरुप सवारी साधन सम्बन्धी बीमालाई थप व्यवस्थित तथा सरलीकृत बनाउन भन्दै निर्देशनको मस्यौदा बनाएको छ । मस्यौदा परिमार्जनका लागि प्राधिकरणले सरोकारवालाहरुसँग लिखित सुझाव माग गरेको हो ।

यस्तो छ, प्राधिकरणले जारी गरेको ड्राफ्ट

Draft motor directie

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*