सात निर्जीवन बीमा कम्पनीको सेयर मूल्य घट्यो, जीवन बीमा कम्पनीमा कुनको अवस्था कस्तो ?

१६ माघ २०८०, मंगलवार १६:५४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर तीन दिन सुधार आएको छ । बजारमा सुधार आएसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार देखिएको हो । लगानीकर्तामा उत्साह छाएको छ ।

नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १३ वटाको सेयर मूल्य बढेको छ । त्यसैगरी ११ वटाको मूल्य घटेको हो ।

जीवन बीमा तर्फ ८ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको हो । आज जीवन बीमातर्फ प्रभु महालक्ष्मीको सेयर मूल्य सर्वाधिक बढेको हो । कम्पनीको सेयर प्रतिकित्ता १० रुपैयाँले बढेको हो ।

निर्जीवन बीमा तर्फ ५ कम्पनीको सेयर मूल्यमा सुधार आउँदा ७ कम्पनीको मूल्य भने घटेको हो । आज राष्ट्रिय बीमा कम्पनीको सेयर मुल्य सर्वाधिक घटेको हो । कम्पनीको सेयर प्रतिकित्ता १२७ रुपैयाँले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*