कृषि विकास बैंकले ल्यायो एडीबीएल ओभरड्राफ्ट कार्ड, यस्ता छन् फाइदाहरुः

१६ माघ २०८०, मंगलवार १७:३४

काठमाडौं । कृषि विकास बैकले ओभरड्राफ्ट क्रेडिट कार्डको सुरुवात गरेको छ । बैंकको ५७ औं वार्षिकोत्सवका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका हुन् ।

सो सेवा प्राप्त गरेपछि डेबिट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त भइनेछ । बैंकमा भएको तलबी खातामा रकम मौज्दात सकिएपछि २ लाख रुपैयाँसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

साथै यस कार्डको प्रयोग पश्चात एउटै खाताबाट बचतमा ब्याज पाइने, कर्जाको सावाँ र ब्याज तिर्न पाइने, एउटा कार्डको शुल्कले दुईवटा कार्ड (डेविट र क्रेडिट) को सेवा लिन पाइने, खातामा रहेको मौज्दातमा उच्चतम व्याज पाइने, ओभरड्रफ्टका अतिरिक्त मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड लगायत ओभरड्राफ्ट लिमिटको रकम उपयोग गर्न सकिने विशेषता रहेको छ ।

बैंकले जारी गरेको यो सेवा नवीन रहेको र यस सेवाको उपभोग गरी लाभान्वित हुन बैंकले तमाम ग्राहकहरुलाई आग्रहसमेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*