नेरुडे लघुवित्तले बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

१७ माघ २०८०, बुधबार १०:२९

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा फागुन ११ गतेका लागि बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजे सुरु हुने गरी बोलाएको हो ।

कम्पनीका सेयरधनीहरुको हात यस वर्ष रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मर्जरपछि पुनः निर्वाचन नभएसम्म हालकै सचालक समितिलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने भएको हुँदा माघ २३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*