न्यूनतम मूल्य १०० रुपैयाँमा नै कामना सेवा विकास बैंकको सेयर किन्ने मौका

१७ माघ २०८०, बुधबार १०:३५

काठमाडौँ । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ५ लाख ९ हजार ८९२ कित्तासेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिदका लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदकले प्रभु क्यापिटल, कमलादी काठमाडौँमा लिलामीको बोलपत्र माघ २३ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*