सानिमा रिलायन्स लाइफले मन्थली माविमा गर्यो बीमा सचेतना कार्यक्रम

१७ माघ २०८०, बुधबार ११:४७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मन्थली माध्यमिक विद्यालय रामेछापमा बीमा सचेतना कार्यक्रम गरेको छ।

कम्पनीले विद्यालयमा कार्यरत शिक्षक शिक्षिकासहित कक्षा ११ र १२ मा अध्ययनरत करिव ८० जना विद्यार्थीबिच बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट, शाखा प्रमुख रामहरि के.सी, प्रधानाध्यापक टंक प्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको कम्पनीले बताएको छ।

कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै तथा गराउँदै आएको यस प्रकारको कार्यक्रमले जनसमुदायमा बीमाको आवश्यकता र महत्वको जानकारी हुन गई बीमाप्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास कम्पनीले लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*