हिमालयन लाइफको सञ्चालकमा सुलभ अग्रवालसहित छ जना निर्विरोध, औपचारिक घोषणा हुन बाँकी

१७ माघ २०८०, बुधबार ११:२९

काठमाडौं । हिमालयन लाईफ ईन्स्योरेन्स कम्पनीको सञ्चालकमा वर्तमान अध्यक्ष सुलभ अग्रवालसहित छ जना निर्विरोध भएका छन् । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी छ ।

भोलि हुने बार्षिक साधारणसभामा हिजोको लागि तोकिएको मनोनयन प्रक्रियामा छ जनाले मात्रै आवेदन दिएकोले निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।

कूल छ जना सञ्चालक मध्ये तीन जना साधारण शेयरधनीको तर्फबाट र तीन जना संस्थापक शेयरधनीहरुको तर्फबाट आवेदन माग गरिएकोमा माग बमोजिमकै आवेदन परेकोले निर्विरोध निर्वाचित भएका हुन् ।

भोलि हुने बार्षिक साधारणसभाबाट संस्थापक तर्फबाट शुलभ अग्रवाल, विवेक दुगड र सौरभ दुगड र सर्वसाधारणको तर्फबाट राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य र प्रमिला केसी निर्विरोध भएका हुन् ।

निर्विरोध सञ्चालकहरुलाई औपचारिक रुपमा भोलिको बार्षिक साधारणसभाबाट निर्वाचित भएको घोषणा हुनेछ । नयाँ अध्यक्षमा वर्तमान अध्यक्ष सुलभ अग्रवाल नै हुने लगभग निश्चित जस्तै छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*