बाग्लुङका एक दम्पतीले छोरीको विवाहमा दिए बीमा पोलिसी उपहार

१७ माघ २०८०, बुधबार १२:११

काठमाडौं । विवाह भन्ने बित्तीकै दाइजोका रुपमा विभिन्न जिन्सी सामान उपलब्ध गराउन तत्पर हाम्रो समाज आजभोलि केही सभ्य र भविष्यप्रति सचेत देखिन थालेको छ । विभिन्न चाडपर्व तथा उत्सव आदिमा अनावश्यक भोजभतेर र फजुल खर्च गर्न छाडेर भविष्यका लागि बीमा पोलिसी उपहार दिने अभ्यास बढ्दै गइरहेको छ । यसैका एक उदाहरण बनेका छन् बाग्लुङका एक दम्पती ।

ढोरपाटन नगरपालिका २ सेराका अमर बहादुर क्षेत्री (ओम) र उनकी श्रीमती सुनमाया क्षेत्रीले आफ्नो छोरी सरिनाको विवाहको अवसर पारेर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी २० लाख रुपैयाँ बीमांकको सिटिजन सुभारम्भ बीमा योजना उपहारका रुपमा दिएका छन् ।

मंगलबार विवाह मण्डपमा छोरी सरिना र ज्वाइँ प्रकाशलाई बीमा पोलिसी उपलब्ध गराउँदै आगामी दिनको भविष्य उज्जल बनाउन र बचत गर्ने बानीको विकास गराउने उद्देश्यसहित बीमा पोलिसी हस्तान्तरण गरिएको क्षेत्रीले बताए ।

सिटिजन लाइफ इन्स्योरेन्समा विगत ६ वर्षदेखि एजेन्सी म्यानेजर समेत रहेका क्षेत्रीले बीमाले बचत गर्ने बानीको विकास हुने तथा भविष्यमा हुन सक्ने जोखिमलाई ध्यान दिँदै आफूहरूले अन्य जिन्सी सामानलाई कम गरेर बीमा पोलिसी उपहार दिएको बताए ।

उक्त विवाह तथा बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका धवलागिरी एरिया क्षेत्रीय प्रबन्धक दिपेन्द्र लम्साल, बुर्तिबाङ शाखा प्रबन्धक छविलाल पाण्डे, एजेन्सी म्यानेजरहरु समेतको उपस्थिति रहेको थियो ।

विवाह समारोहमा उपस्थित आफन्त तथा जन्तीपक्षले नौलो कामको प्रशंसा गर्दै आफूहरू पनि जीवन बीमा गराउन इच्छुक रहेको र छिट्टै यो कार्यलाई मूर्त रुप दिने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*