एनआईसी एशिया लघुवित्तले निकाल्यो कर्जा चुक्ता गर्ने ३५ दिने सूचना

१७ माघ २०८०, बुधबार १५:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण कर्जा चुक्ता भुक्तान गर्न ३५ दिने सुचना निकालेको छ । संस्थाले ८ जना ऋणीलाई ताकेता गर्दै सूचना निकालेको हो ।

संस्थाले ऋणीहरुलाई पटक पटक लिखित तथा मौखिक रुपमा कर्जा चुक्ता गर्न भनेपनि ऋणीले वास्ता नगरेपछि सार्वजनिक रुपमा सूचना निकालेको जनाएको छ ।

तोकिएको समयभित्र संस्थामा उपस्थित भई कर्जा चुक्ता नगरेमा धितोमा रहेको वा नरहेको चल अचल सम्पत्ति लिलाम गरी बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*